आर्ष खबर

अन्तर्वार्ता सहकारी

‘नेफ्स्कूनको अध्यक्षमा मेरो उम्मेदवारी यसकारण’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) विगत करिब ३ दशक देखि बचत तथा ऋण सहकारी अभियानमार्फत् समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तरमा सकारात्मक परिर्वतन ल्याउन क्रियाशील सहकारी संस्था र संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय संघ हो ।

दर्शनबाट सिद्धान्त, सिद्धान्तबाट व्यवहार निर्देशित हुन्छ । व्यवहारले सिद्धान्तलाई र सिद्धान्तले दर्शनलाई सेवा गर्नुपर्दछ भन्ने विचारका प्रतिपादक सहकारी अभियान्ता तथा सहकारी पुस्तकका लेखक चिन्तक परितोष पौड्यालले एल.एल.एम र एम.एस अध्ययन पुरा गर्दा कानुन शास्त्र, राजनीति शास्त्र एवं अर्थशास्त्रको गहिरो अध्ययन गरी वित्तिय सहकारी विधिशास्त्र पुस्तक प्रकाशन गर्नुभएको छ ।

सहकारी आन्दोलनमा अनवरत यात्राका एक पत्र, सहकारीको गतिशील, सृजनशील व्यक्ति, प्राविधिक गतिशीलतालाई सहकारीमा समावेस गर्नसक्ने, नीति, विधि र प्रविधिलाई प्रयोग गरी सहकारी अभियानलाई अब्वल बनाउन सकिन्छ भन्ने विषयलाई पुष्टी गर्न बचत तथा ऋण सहकारीका सिद्धान्तहरु पुस्तक प्रकाशित गर्ने, केन्द्रीय बचत तथा ऋण सहकारी सघका वरिष्ठ उपाध्यक्ष पौड्याल नेफ्स्कूनको आगामी निर्वाचनमा अध्यक्षको उम्मेदावरी किन ? परितोष पौड्यालसँग विशेष संवाददाता सानुराजा पुरीले गरेको कुराकानीः

नेफ्स्कूनमा निर्वाचन माहौल चिसो मौसममा पनि तातेको छ, तपाई अध्यक्षको उम्मेदवारी दिंदै हुनुहुन्छ सहि हो ?

सहि हो । सहकारी अभियन्ताहरुले आज भन्दा ३ वर्ष अगाडि नै वर्तमान अध्यक्षसँग सहमति गरेका थियौं । एक कार्यकाल उहाँ अध्यक्ष हुने र अर्को कार्यकाल अर्थात् यस पटक म अध्यक्ष हुने विषयमा सैद्धान्तिक सहमति त्यती बेलै भएको थियो । अभियानकर्मी बीचमा सहमती भएकोले वर्तमान अध्यक्ष डि.बि. बस्नेतले त्यतिबेलाको सहमति इमान्दारीताका साथ पालन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

चुनावको संघारमा आएर तपाईहरुबीच भएको सहमति कार्यान्वयन कसरी होला ? वर्तमान अध्यक्षले उम्मेदवार घोषण गरी सक्नुभएको छ ?

सहकारी अभियन्ताहरुको साथ सहयोग हिजोको दिनमा पनि भएको थियो । सहमति कार्यान्वयन पनि हुन्छ भन्ने कुरामा म विश्वस्त छु । वर्तमान अध्यक्ष तीन पटक लगातार उपाध्यक्ष हुँदै एकपटक अध्यक्षको आकांक्षा राखेको कारण अभियानकर्ताको सल्लाह, सुझाव र उहाँप्रति सम्मानपूर्वक मैले ३ वर्ष अगाडी उहाँलाई अध्यक्षमा सर्वसम्मत बनाएको इतिहास साक्षी छ । नेतृत्वको सहज र प्रजातान्त्रिक प्रक्रियाबाट हस्तान्तरण हुनुपर्दछ । तल्लो तह देखि नै नेतृत्व विकास भइरहेको छ यस सन्र्दभमा पनि नयाँ नेतृत्वका लागि तल्ला तह देखि आएको नेतृत्वलाई जाम हुन नदिन पनि र नेफ्स्कूनकाे हिजोको दिनमा रहेका परम्परालाई मध्यनजर राख्दै साथीहरुले मलाई सहयोग गर्नेमा म ढुक्क छु ।

सहकारीमा नीति, विधि र प्रविधिलाई एकसाथ प्रयोगगरी आम सहकारी अभियन्ता बीचमा पुराउने पुलको काम गरेको छु । ‘बचत तथा ऋण सहकारीका सिद्धान्तहरु’ विषयक पुस्तक प्रकाशन गरी नेपालका समग्र सहकारीलाई सहयोग गरेको छु ।

नेफ्स्कून र समग्र सहकारी आन्दोलनमा तपाईको भूमिका के कस्तो रहन्छ ?

सहकारी अभियानमा वितेको दुई दशक र नेफ्स्कूनमा विताएको एक दशकमा मैले सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरुलाई, सहकारीका विश्वव्यापी मान्यताहरु र सिद्धान्तलाई नेपाल भित्र आन्तरिकीकरण गर्ने, यसलाई अभ्यासमा ल्याउने र देश सुहाउँदो कसरी बनाउने भनेर हरपल चिन्तन मनन गरिरहे । जसको फलस्वरुप सहकारीमा नीति, विधि र प्रविधिलाई एकसाथ प्रयोगगरी आम सहकारी अभियन्ता बीचमा पुराउने पुलको काम गरेको छु । “बचत तथा ऋण सहकारीका सिद्धान्तहरु” विषयक पुस्तक प्रकाशन गरी नेपालका समग्र सहकारीलाई सहयोग गरेको छु । संविधान निर्माणको चरणमा सहकारी ऐन नियमावली आदिको मस्यौदा र यसलाई सहकारी मैत्री बनाउने कार्यमा मेरो सक्रिय सहभागीता र साथ रहेको थियो । अब पनि त्यही स्तरको सक्रियता रहने छ ।

नेफ्स्कूनको निर्वाचनमा दुइ प्यानल हुने चर्चाका बारेमा के भन्नुहुन्छ ?

नेप्सकूनमा त्यस्तो हुँदैन । हाम्रा आफ्नै परम्परार र संस्कार छ, त्यसलाई हामीले कायम राख्ने छौ । हामी सहकारीकर्मी अन्यलाई इमान्दारीता, उत्तरदायित्व, नैतिकता, आन्तरिक लोकतन्त्रको विषयमा शिक्षा र दिक्षा दिंदै हिँडेका छौ त्यसो भएको हुनाले अहिले जुन निर्वाचनको माहौल छ यसलाई सम्र्वसम्मत गराउने छौ, मेरो अध्यक्षतामा नयाँ कार्यसमिति बन्ने छ ।

हामी सहकारीकर्मी अन्यलाई इमान्दारीता, उत्तरदायित्व, नैतिकता, आन्तरिक लोकतन्त्रको विषयमा शिक्षा र दिक्षा दिंदै हिँडेका छौ त्यसो भएको हुनाले अहिले जुन निर्वाचनको माहौल छ यसलाई सम्र्वसम्मत गराउने छौ, मेरो अध्यक्षतामा नयाँ कार्यसमिति बन्ने छ ।

दलगत प्रभाव र दबाबले निर्वाचन प्यानलसहितको हुने चर्चाको बारेमा के भन्नुहुन्छ ?

स्वाभाविक छ राजनीतिक दलको सल्लाह, सुझाव आउछ, त्यसलाई हामीले ग्रहण गर्दछौ । सबै नीतिको मूल नीति राजनीति भएकोले सहकारीका कतिपय नीति राजनीतिबाट प्रभावित हुन्छ र हामीले पनि त्यसलाई आत्मासाथ गर्ने छौ ।

नेफ्स्कूनको निर्वाचन, प्यानलको निर्वाचन वा दलको निर्वाचन भन्दा फरक नहुने भयो भनेर हामीले विश्लेषण गर्दा हामी सहि हुन्छौ कि गलत ?

होइन । हामीले भनि रहेका छौ र मैले पनि भनि रहेकोछु यतिबेला अध्यक्षको विषयमा चर्चा बहस भएको हो । प्यानलको कुरा कहाँ भैरहेको छ ? तीन वर्ष अगाडिको सहमति कार्यान्वयनको विषय अभियानकर्मीको साथीहरुकै रोहवर साक्षीमा भएको छ । अध्यक्षले इमान्दारीताका साथ मलाई अध्यक्ष बनाउनु हुन्छ । यदि त्यसो हुन सकेन भने निर्दोष यात्रा गर्ने एवम् अध्यक्षको उम्मेदवार बन्ने अधिकार म सँग सुरक्षित छ । म अध्यक्षको उम्मेदवार हुन्छु निर्वाचनमा जान्छु, यसमा मलाई अभियानका साथीहरुको माया, साथ सहयोग र सहकार्य हुनेछ ।

अन्त्यमा तपाईको थप ऐजेण्डा के कस्ता छन् ?

सहकारीको प्रभावकारीता, सहकारी ऐन, नियम भित्र भएका सहकारी मैत्री हुन नसकेका दफाको संशोधन, परिर्माजन, जनशक्ति विकास, सहकारी पूर्वाधारलाई बलियो बनाउने, २१औं शताब्दी अनुसारको सहकारीको विकास, सहकारीलाई गतिशील बनाउने एवं नेप्सकून भित्रको गतिशीलता एवं नयाँ आयमका साथ अगाडि बढाउने लक्ष्य रहेकोछ । उत्पादनका क्षेत्रको खोजी एवं नयाँ–नयाँ परियोजनाको निर्माण र कार्यान्वयनमा जोडदिने ध्येय हुनेछ ।

Related posts

‘चन्द्रागिरिमा रहेका इँट्टाभट्टाका कारण ६ महिना बाँचिन्छ कि बाँचिदैन ?’

Aarsha Khabar

‘आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्दै रक्तदान

Aarsha Khabar

सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न

Aarsha Khabar