ललितपुर। पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाकी स्वकीय सचिव हस्त गर्बुजामगरको निधन भएको छ ।
ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबमा उनी लगायत उनकी श्रीमती नेत्रकुमारीको मृत्युभएको हो । ललितपुर महानगरीय प्रहरी परिसरले हस्त गर्बुजामगर र नेत्रकुमारीको मृत्यु साउनामा नुहाउने क्रममा मृत्युभएको जनाएको छ । नुहाउनु झिरेका उनीहरु धैरैबेरसम्म ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए। तत्काल उनीहरुलाई पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ। गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएपछि अक्सिजन नपुगेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।