आर्ष खबर

देश

सय ट्रिपर बालुवा एकैसाथ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुर्याइँदै

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाले बालुवा सहयोग गर्ने भएको छ ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले काठमाडौंमा कार्यक्रम गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाले सहयोग गरेको बालुवा एक सयवटा ट्रिपरले एकैसाथ लगिदिने जनाएको छ । २०७६ माघ १४ गते बसेको नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको पाँचौ पूर्ण बैठकले माघ १८ गते शनिबार एक सयवटा ट्रिपरले एकैसाथ बालुवा लगिदिने व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिलबहादुर श्रेष्ठले बताउनु भयो । उहाँले बाटोमा ठाउँठाउँमा धुर्मुस सुन्तली फाउण्डेशनले चालकहरुलाई स्वागत गर्ने पनि उल्लेख गर्नुभयो ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका केन्द्रीय अध्यक्ष रामकुमार चापागाइँले राष्ट्रिय गौरबको आयोजनामा आफुहरुले पनि सहयोग गर्न पाउदा गौरबको महसुस गरेको उल्लेख गर्नुभयो । उहाँले राज्यले क्रमिकरुपमा ट्रिपर संचालन बन्द गर्दै लगिरहेकोले विकासको कुनै पनि काममा ट्रिपरको आवश्यक पर्ने हुँदा यस विषयमा गम्भीर भएर सोचिदिन सरकारलाई आग्रह समेत गर्नुभएको छ।

Related posts

बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाको अवस्था गम्भीर

Aarsha Khabar

सांसद रेशम चौधरीलाई जन्म कैदकाे फैसला

Aarsha Khabar

नीति तथा कार्यक्रमबारे शीर्ष नेताहरुसँग प्रधानमन्त्रीद्वारा सुझाव माग

Aarsha Khabar