तरङ्गीत भएँ यो देहमा
ज्वारभाटा भई
शब्दका जालहरु
अपितु क्षण–क्षण भरमा
मस्तिष्क दुख्न थाले,
गहिरा गहिरा चोटहरु
मुटुमा लाग्न थाले
क्षण–क्षण कन
मल्हमपट्टीले टालटुल गर्दै
चोटहरु लुकाउन खोज्दथे
अतः बेला बेलामा
चोटहरु फेरीफेरी कन
खाटाहरु उप्कन थाले
उही प्रहरमा उब्जिएका
शब्दका माला उनेर नै
मनोभ्रान्तीको जालले
मनोत्पल बने ।