आर्ष खबर

चन्द्रागिरि समाचार

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाको हाताभित्रबाट पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सेवाग्राहीको गुनासोपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियाे । थप अनुसन्धानको लागि पौडेललाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

यसअघि २०७६ बैशाख २ गते चन्द्रागिरि नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिंदालिंदै रंगेहात अख्तियारले पक्राउ गरेको थियो ।

Related posts

‘वातावरण संरक्षण विधेयक, २०७५’ परिमार्जनसहित पारित

Aarsha Khabar

मानव ओसार–पसारको खतरनाक गिरोहका नाइके प्रहरी फन्दामा

Aarsha Khabar

बम पड्काउने आतंककारीहरुको कुनै माग नै छैन : प्रधानमन्त्री

Aarsha Khabar