आर्ष खबर

समाचार

विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसे कानूनी फन्दामा

काठमाडौं । सरकारले विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही गर्ने भएको छ।

नोबल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशबाट आएकाहरु सरकारलाई खबर नगरी लुकेमा, क्‍वारेन्टाइनमा नबसेमा पक्राउ गरी कारवाही चलाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनु भयो ।

कोरोना भाइसर विदेशबाट आएका व्यक्तिहरुलाई मात्र भएको र उनीहरुबाट अर्को व्यक्तिलाई संक्रमण हुने खतरा बढेपछि विदेशबाट आएका व्यक्तिहरुलाई कडाइ गर्न थालिएको हो । यदि विदेशबाट आएर सूचना नदिने, क्‍वारेन्टाइनबाट भाग्‍ने, लुकेर बस्‍ने, बोलाउँदा पनि सम्पर्कमा नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गर्न गृह प्रशासनलाई निर्देशन दिइएको छ ।

Related posts

नेकपा भित्रको विवाद उग्र बन्दै, प्रधानमन्त्रीले नयाँ प्रस्ताव ल्याउने

Aarsha Khabar

कुशे औंशी, बुबाको मुख हेर्ने दिन

Aarsha Khabar

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आउन सकेन’

Aarsha Khabar