आर्ष खबर

देश समाचार

मन्त्रिपरिषद्को निर्णय, लक डाउन २५ गतेसम्म थप

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन लाई चैत २५ गते राती १२ बजे सम्मलाई निरन्तरता दिएको छ । तर यस अवधिमा ढुवानीको यातायात भने सुचारु हुने भएको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनलाई चैत २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चालेको कदमका कारण संक्रमितको संख्या बढ्न नपाएकोमा सरकार सन्तुष्ठ रहेको निष्कर्ष निकाल्दै बैठकले सबैको सहयोगका लागि धन्यवाद पनि दिएको छ । साथै संक्रमक रोग ऐन २०२० को आदेश चैत २५ गते राती १२ बजे सम्मलाई कायम राख्ने निर्णय गरेकोे छ ।

आईतबारको बैठकले कोरोना रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा कोरोना १९ क्रासिस म्यानेजमेण्ट सेन्टर गठन गरेको छ । कोरोना १९ क्रासिस म्यानेजमेण्ट सेन्टर नामको उच्चस्तरीय कार्यदलमा गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री सदस्य रहने छन् । यो उच्चस्तरीय कार्यदलमा सुरक्षा निकायका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको छ । यो टिमले सरकारले दिएको आदेश कार्यान्वयन गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमणलाई नियन्त्रित अवस्थामा लगेर सबैलाई अनुशासनमा राख्ने गरी काम गर्ने निर्णय जिम्मेवारी तोकिएको छ ।

Related posts

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

Aarsha Khabar

चीनको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति स्वदेश फिर्ता

Aarsha Khabar

लुम्लेमा ५ रेक्टर स्केलको भूकम्प

Aarsha Khabar