आर्ष खबर

देश समाचार

लक डाउनमा परेका व्यक्तिहरु लिएर गएको जीप दुर्घटना

रामेछाप । लक डाउनमा परेका रामेछापका विभिन्न स्थानका व्यक्तिहरु लिएर गएको जीप रामेछापको खाँडादेवी गाउँपालिका राकाथुममा दुर्घटना भएको छ ।

काठमाडौंबाट रामेछापको टोकरपुरतर्फ जाँदै गरेको बा.१४ च ९४९८ नम्बरको जीप खाँडादेवी गाउँपालिका दुई राकाथुमको माझीगाउँ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन् । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका दुईकी २५ वर्षीया संगीता पहरी र टोकरपुर तीनका ४० वर्षीय गोपी पहरी रहेका छन् ।

क्षमता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते २९ जनालाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । घाइते मध्ये ३ जनाको अबस्था चिन्ताजनक रहेका छ । जीप चालक प्रहरी नियन्त्रणमा छन् ।

Related posts

बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा शेयर बजार बढ्छ : अर्थमन्त्री

Aarsha Khabar

‘बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भयो’

Aarsha Khabar

न्याय माग्दै महानगरीय प्रहरी बृत्त थानकोटमा स्थानीयको नाराबाजी

Aarsha Khabar