काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
धादिङ घर भएकी अन्दाजी ४५/५० वर्ष उमेरकी सुनिता लामा गरेकी महिला मृत भेटिएकी हुन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । मृतकबारे थप अनुसन्धान भइरहेको छ ।