आर्ष खबर

चन्द्रागिरि

हाम्रो सद्भाव नेपाल र चन्द्रागिरि चेम्बर्सले गर्यो दुई युवतीलाई सहयोग

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा अप्ठ्यारोमा परेका दुई युवतीलाई हाम्रो सद्भाव नेपाल र चन्द्रागिरि चेम्बर्सले सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले गरेको लक डाउनले किरण शाही र जानुका शाहीको दैनिक जीवन नै कष्टकर बन्दै गएको थियो । उनीहरुलाई ग्यास चुल्होसहित खाद्यान्न सामग्री सहयोग गरिएको छ । शाहीहरु कामको खोजीमा अछामबाट काठमाडौं आएका हुन् । उनीहरु चन्द्रागिरि वडा नम्बर ६ मा बस्दै आएका छन् ।

Related posts

स्कुटर चलाउन सिक्दै चन्द्रागिरिका महिला

Aarsha Khabar

प्रहरी हुँ भन्दै लुटपाट गर्ने तीनै जना चन्द्रागिरिका

Aarsha Khabar

लामो समयको प्रशव पीडापछि अग्रसर पुस्तकालय संचालनमा (तस्बिरसहित)

Aarsha Khabar