आर्ष खबर

चन्द्रागिरि समाचार

चन्द्रागिरिले लक डाउनलाई कडाइ गर्न सकेन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले लक डाउनलाई कडाइका साथ लागु गर्न नसक्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन केन्द्रीय सरकारले गरेको लक डाउन चन्द्रागिरि नगरपालिकाले पूर्णरुपमा उल्लंघन गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोटको नाकैमा सडकमा हिड्ने र पसलमा सामान किन्नेको उल्लेख्य भिड देख्दा पनि प्रहरी प्रशासन नदेखेझै गरिरहेको छ । किन नगरपालिका र प्रहरी प्रशासन कोरोना भाइरस संक्रमणमा हेलचेक्राइँ गरिरहे छ ?

२०७७ बैशाख १ गते सोमबार बिहानै देखि चन्द्रागिरि नगरपालिकाका प्रायः सबै ठाउँका बजारहरु संचालनमा छन् । सबै पसलहरु संचालन भएपछि सडकमा हिड्ने र पसलमा सामान किन्नेको भिड लागेको छ । पसलमा सामान लिन तछाड मछाड गरेको दृष्य सुरक्षाकर्मीहरु टुलुटुली हेरेर बसिरहेका थिए । सामाजिक दुरी कायम गर्ने विषयलाई पुरै नजरअन्दाज गरिएको थियो । बिक्रेताले धमाधम सामान बेचिरहेका थिए भने उपभोक्ताले पनि भीडभाडमा नै बसेर सामान लिइरहेका थिए ।

केन्द्रीय सरकारले चैत ११ गते देखि लगाएको लक डाउन चन्द्रागिरि नगरपालिका (स्थानीय सरकार) ले त्यतिबेला पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको थिएन । आर्ष नेपालले बारम्बार लक डाउन उल्लंघनको खबर सम्प्रेषण गरेसँगै नगरपालिकाले विहान ६ बजे देखि १० बजेसम्म मात्र अत्याबश्यक सामान खरिदका लागि पसल खोल्न र सामान लिन जान पाइने भनि निर्णय गर्यो । यदि उक्त समय बाहेक लक डाउन तोड्नेलाई १ सय देखि १ हजारसम्म जरिवाना गर्ने भन्दै तीन दिन जरिवाना काट्ने काम गर्यो । तीन दिनमा ४० देखि ४५ हजार रकम पनि संकलन गर्यो । बैशाख १ गते सोमबार बजारको चहलपहल र सडकमा मान्छेको भिड देख्दा कोरोना भाइरस पूर्णरुपमा नियन्त्रण आइसकेको आभास हुन्छ चन्द्रागिरि नगरपालिकामा ।

काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाका भएकोले चन्द्रागिरि नगरपालिका आफै कोरोना भाइरसको उच्च जोखिममा छ भन्छ । तर, नगरपालिका कोरोना भाइरस संक्रमणप्रति त्यती गम्भीर भएको पाइँदैन । के स्थानीय सरकारको निर्णय प्रशासनले अटेर गरेको हो त ? स्थानीय सरकारले लक डाउनलाई कडाइका साथ लागु गर्न नसक्नुको कारण शुष्मरुपमा अध्ययन गर्न जरुरी छ । कोरोना भाइरसलाई खेलाचीको रुपमा स्थानीय सरकार र प्रशासनले नलेओस् । अन्य देशलाई हेरेर महामारीबाट जोगिन र जोगाउन सबैले समयमै विचार पुर्याउन जरुरी छ । सानो गल्तीले महंगो मूल्य चुकाउनु पर्ला सरकार । होशियार ।

Related posts

चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन

Aarsha Khabar

‘पार्टी एकतालाई जनताले नै स्वीकार गरिसके’

Aarsha Khabar

नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

Aarsha Khabar