आर्ष खबर

शिक्षा समाचार

आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशित हुँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लक डाउनले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा संचालन गर्न नसकेपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताउनुभयो । विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाउनुपर्ने छ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने छ । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई संचालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपी महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने उहाँले बताउनुभयो । अहिले तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी २ महिना बढ्न सक्ने आँकलन भएकोले सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको हो ।

Related posts

छातीमा गोली लागेको अवस्थामा सैनिक मृत भेटिए

Aarsha Khabar

सरकारले ल्याएको नीति तथा कार्यक्रम निबन्ध मात्र : भट्टराई

Aarsha Khabar

बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने नेकपाकाे निर्णय

Aarsha Khabar