आर्ष खबर

देश शिक्षा समाचार

शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा संचालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबट आगामी शैक्षिक सत्रको पठनपाठन सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो । नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ ।

यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा नीजि विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताउनुभयो ।

Related posts

भ्रष्टाचारले व्यवस्था मात्र होइन, मुलुकलाई नै डुबाउँछ

Aarsha Khabar

सर्वोच्चको आदेश ‘अर्को १७ साल’को झल्को : भूषाल

Aarsha Khabar

१२९८५ जना क्वारेन्टाइनमा, ८९ जना आइसोलेसनमा

Aarsha Khabar