आर्ष खबर

मनोरन्जन

बलिउड कलाकार सुशान्त सिंह राजपूतले गरे आत्महत्या

भारतीय चलचित्रका चर्चित र आशा लाग्दा उदयमान कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।

मुम्बईको बान्द्रास्थिती आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको आत्महत्याको कारण भने खुलाईएको छैन । भारतको पटनामा जन्मिएको ३४ वर्षीय सुशान्तले ब्याकअप डान्सरको रुपमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए । बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ सिरियलबाट अभिनय सुरु गरेका उनले ‘पवित्र रिश्ता’ सिरियलमार्फत् चर्चा पाए ।

करिब ३ वर्ष सानो पर्दामा बिताएका उनले सन् २०१३ मा काई पो चे नामक चलचित्र मार्फत ठूलो पर्दामा डेब्यु गरेका थिए । पहिलो चलचित्रमै कलाकारका रुपमा आफुलाई अब्बल प्रमाणित गरेका उनले त्यसपछि शुद्ध देसी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी, द अनटोल्ड स्टोरी, रबडा र केदारनाथ चलचित्रमा पनि काम गरेका गरेका थिए । छोटो समयमै दमदार अभिनयबाट प्रमाणित गरिसकेका उनको आत्महत्याले करोडौं प्रसंशकलाई स्तब्ध बनाएको छ ।

सुशान्तकी पूर्वम्यानेजरको पनि केही दिनअघि एउटा भवनको १४औं तल्लाबाट खसेर मृत्यु भएको थियो ।

Related posts

‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक (भिडियाे)

Aarsha Khabar

नायिका एलिजा र दुर्गेश अभिनिति ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक

Aarsha Khabar

सुमन श्रापितको टिलपिल टिलपिल तारा…

Aarsha Khabar