आर्ष खबर

चन्द्रागिरि शिक्षा

चन्द्रागिरिको स्थानीय पाठ्यक्रम बन्दै, नगरबासीसँग सुझाव माग

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन सुरु गरेको छ ।

ऐतिहासिक साँस्कृतिक नगरी–समृद्ध पर्यटकीय चन्द्रागिरि नारालाई सार्थक बनाउन विशषेज्ञ बोलाई पाठ्यक्रमको तयारी गरिरहेको छ । नगरपालिका अन्तरगत संचालित विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि नगरमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न खोजिएको हो । इतिहास, कला, संस्कृति, साहित्य, भाषा, लिपी, कानून, वन, कृषि आदि समेटी स्थानीय पाठ्यक्रम बनाउने नीति आ.ब. ०७६/०७७ ले लिएको थियो । सोही अनुरुप नगरप्रमुखको अध्यक्षतामा स्थानीय पाठ्यक्रम निर्माण सल्लाह समितिको बैठकले २०७७ वैशाख २९ गते ९ सदस्यीय पाठ्यक्रम निर्माण कार्यदल निर्माण गरेको थियो ।

चन्द्रागिरि नगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख तथा कार्यदलका सदस्य सचिव कर्णबहादुर भुवाजीले स्थानीय पाठ्यक्रमको पाण्डुलिपी लेखाई मध्यतिर पुगेको बताउनु भयो । उहाँले विषय, विषय क्षेत्र, विषय बस्तु, तहगत सक्षमता, तहगत उद्देश्य, पाठ्यभार तय भइसकेको समेत बताउनु भयो ।

प्रमुख भुवाजीले अब कक्षागत सिकाई उपलब्धि, विषयवस्तुको विस्तृतीकरण, शिक्षण सिकाई क्रियाकलाप र मूल्यांकनको कार्य सम्पन्न भएपछि पाण्डुलिपीलाई संयोजन गरेर प्रकाशन गरिने उल्लेख गर्नुभयो । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रममा स्थानीय विषय पनि समेट्नु पर्ने उल्लेख गरेकोले हामीले यो सुरुवात गरेका हौं ।’ उहाँले पाठ्यक्रम आगामी आर्थिक वर्ष ०७७/०७८ को असार मसान्तसम्ममा पूर्णरुपमा फाइनल गरी प्रकाशन हुने बताउनु भयो ।

कार्यदलका सदस्य रवीन्द्र रिजालले स्थानीय पाठ्यक्रम भित्र चन्द्रागिरिको भूगोल र इतिहास, स्थानीय सरकार, चन्द्रागिरिको सांस्कृति सम्पदा, वन वातावरण तथा सरसफाई, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, चन्द्रागिरि पर्यटन, स्थानीय विकासका पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षा ९ विषय क्षेत्रहरु समेटि पाठ्यक्रम बन्न लागेको बताउनु भयो ।

रिजालले यो पाठ्यक्रम कार्यान्वयनको प्रकृयामा आएपश्चात चन्द्रागिरि भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले यहाँको ऐतिहासिक र सांस्कृतिक महत्वलाई पूर्णरुपले बुझ्न सक्ने उल्लेख गर्नुभयो । उहाँले कक्षा १ देखि ८ कक्षासम्म चन्द्रागिरिकै पाठ्य पुस्तक पढाइ हुने बताउनु भयो । उहाँले समृद्ध चन्द्रागिरि बनाउन पाठ्यक्रमले पाठ्यपुस्तकको रुप लिएपश्चात चन्द्रागिरिको नारा बास्तवमै सार्थक बन्नेमा आफु आशावादी रहेको बताउनु भयो ।

अध्ययनपछि आधारभूत तहको अन्त्यमा विद्यार्थीहरुमा निम्न तहगत सक्षमता विकास हुनेछ

तहगत सक्षमता

  • चन्द्रागिरिको इतिहासको पहिचान
  • चन्द्रागिरिको भूगोलको जानकारी
  • हाम्रो स्थानीय सरकारको अवधारणा, आवश्यकता र महत्वको जानकारी
  • हाम्रो सांस्कृतिक सम्पदा र स्थलहरुको पहिचान र प्रस्तुति
  • वन, वातावरण तथा सरसफाईको अवधारणा, आवश्यकता र महत्वको जानकारी
  • स्थानीय आर्थिक विकासका आधारहरुको पहिचान
  • हाम्रा सामाजिक विकासका आधारहरुको पहिचान
  • चन्द्रागिरिमा पर्यटनको अवस्था, आवश्यकता र महत्वको पहिचान र प्रस्तुति
  • स्थानीय आर्थिक विकासका आधारहरुको पहिचान
  • विपद् व्यवस्थापन र सुरक्षाको अवधारणा

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्र भित्र रहेका विद्यालयहरुमा आफ्नै पाठ्य पुस्तक बनाई नगरको सम्पूर्ण जानकारी दिन खोजेको छ । नगरले पाठ्यक्रम कस्तो बन्नु पर्छ ? कस्तो बन्दा नगरबासीले बढी प्रतिफल प्राप्त गर्न सक्छन् ? आत्मर्निभर र सक्षम नगरबासी बनाउन कस्तो विषयबस्तु समेट्नु पर्छ ? भनेर नगरबासीसँग सुझावको आह्वान गरेको छ । सबैले आ–आफ्नो सल्लाह, सुझाव दिइ उत्कृष्ठ पाठ्यक्रम निर्माणमा सहयोग गरौं । असल नागरिकको कर्तब्य र दायित्व बहन गरौं ।

Related posts

चन्द्रागिरिमा बन्ने भयो सुरुङमार्ग

Aarsha Khabar

चन्द्रागिरि नगरपालिकाले इँट्टा उद्योग हटाउनुको साटो संरक्षण गर्न खोज्यो’

Aarsha Khabar

चन्द्रागिरि नगरपालिकामा बम विष्फोट, दुई जना घाइते

Aarsha Khabar