आर्ष खबर

विचार

नेपाल अर्थले दरिद्र अवश्य छ, तर विपन्न छैन

कुनै बेला एक ठाउँमा दुई वटा उँट थिए । उनिहरु एक आपसमा भाई-भाई सम्बोधन गर्दथे । उनिहरु दुई भए पनि बस्नलाई एकजना मात्र अट्ने टहराे थियाे । पानी पर्याे भने एउटा बाहिर भिज्नुपर्ने र अर्काे टहरा भित्र लुक्नुपर्ने । कुनै हिउँदमा लगातार पानी पर्याे र चिसाे बढ्याे । अनि बाहिर भएकाे उँटले भनेछ, “भाइ चिसाे भाे एउटा खुट्टा राख्न देउन ।” अर्कोले, “ल ल राख्न त एउटा खुट्टा” भन्याे र राख्न दियाे । एकछिन पछि फेरि, “अर्काे एउटा पनि राख्न देउन है अलि अप्ठ्यारो पर्याे” भन्यो । अनि अर्काेले भन्याे, “ल हुन्छ यत्ति हाे नि अब” भन्दै अर्काे खुट्टा राख्ने अनुमानि दियाे । अलि पछि फेरि भन्याे, “भाई हेरन दुई खुट्टा बाहिर हुँदा निकै कठिन भयाे एउटा अर्काे खुट्टा पनि राख्न देउन ।” भित्रकाे उँटले पनि चाल नबुझी भावमा बग्दै भन्याे, “ल हुन्छ अब यत्ति हाेनि ?!” त्यसपछि ३ वटै खुट्टा भित्र घुसायाे अनि भन्याे, “भाई तेराे पालाे सकियाे मेराे पालाे आयाे” र भित्रकाे उँटलाई बाहिर हुत्याई आफु भित्र पस्याे ।

सन्दर्भ एमसीसी अर्थात (सहस्राब्दी चुनाैति कर्पोरेसन)। अमेरिकी माैन कब्जा (Silent Capture) काे रणनीतिसँग गाँसिएको याे कार्यक्रम नेपालमा केही वर्ष पहिले प्रवेश गराई आज बहसकाे शिखरमा पुगेकाे छ । याे कार्यक्रमबारे मुख्य रुपले तीन दृष्टिकोण आएका छन्- लागू गर्नुपर्छ, लागू गर्नु हुँदैन र सच्याएर लागू गर्नुपर्छ । लागू गर्नु हुँदैन भनेर दैनिक आन्दाेलन पनि चर्किदैछ । मेराे कुरा एमसीसीकाे व्याख्या हाेईन, बरु याे कार्यक्रमकाे आवश्यकताभन्दा बढि जाेड गर्दै, “यसमा खतरा कहाँ छ र अमेरिकी सेना आउने कहाँ लेख्या छ ? र एमसीसी नपढेर विराेध गर्छन, कम्तिमा पढेर आउ !”भन्ने विद्वान साथीहरुलाई प्रष्ट्याउन उँटकाे कथाकाे सहारा लिएकाे हुँ ।

बाटाेमा बसेकालाई दुई रुपियाँ दिनेले पनि स्वर्ग जाने बाटाेकाे लक्ष्य राख्छ भने नेपाललाई केही अरब रुपियाँ सित्तैमा दिन्छु भन्नू गलत हाे । कसैसँग ऋण लिँदा ब्याजकाे हक साहुकाे र ऋणकाे हक असामिकाे हुन्छ । याे साहु र असामिकाे बीचकाे सहमति र सर्त हुन, भने एमसीसीका केही बुँदाहरु नेपालकाे सार्वभौमिकता र संविधानसँग बाँझिएका छन् जबकी त्याे सहयाेग हाे रे !

याे थाङ्निएकाे दिमागमा इतिहास र धेरै प्रमाण संचित रहेनन् यत्ति याद छ, कि दाेश्राे विश्वयुद्धपछि अमेरिकाले अगाडि सारेकाे शीत युद्ध (Cold War) काे नीतिले साेभियत संघ र कम्युनिस्ट सत्ता विघटन भयाे; अफगानिस्तान र ईराक युद्ध भए र आफु अनुकुल सत्ता निर्माण गर्याे । दक्षिण काेरियादेखि विश्वका थुप्रै मुलुकमा अमेरिकी सेना अखडा छ । याद गराैं ती मुलुकहरूमा कही पनि अमेरिकी सेना आउने उल्लेख थिएन । त्यसकारण यसबारे यसको पक्षमा आवश्यकत्ता भन्दा बढी वकालत गर्नु ठिक छैन ।

नेपाल तत्काल अर्थले दरिद्र अवश्य छ, तर विपन्न छैन । यहाँकाे अथाह सम्पतिलाई प्रयाेगमा ल्याउँ ‘सुखी नेपाली र समृद्ध नेपाल’काे आधार त्यहि हाे । बाटाेमा बसेकालाई दुई रुपियाँ दिनेले पनि स्वर्ग जाने बाटाेकाे लक्ष्य राख्छ भने नेपाललाई केही अरब रुपियाँ सित्तैमा दिन्छु भन्नू गलत हाे । कसैसँग ऋण लिँदा ब्याजकाे हक साहुकाे र ऋणकाे हक असामिकाे हुन्छ । याे साहु र असामिकाे बीचकाे सहमति र सर्त हुन, भने एमसीसीका केही बुँदाहरु नेपालकाे सार्वभौमिकता र संविधानसँग बाँझिएका छन् जबकी त्याे सहयाेग हाे रे ! सहयाेगमा सर्त भन्ने हुँदैन । हाे, नेपालजस्ताे देशलाई सहयाेग र ऋण चाहिन्छ, त्यसकाे निश्चित मापदण्ड र सर्त हुन्छन् जाे स्वाभाविक हाेइन ।

नेपाललाई सहयाेग पनि चाहिने र राष्ट्रिय स्वाधीनता र सावभाैमिकताकाे रक्षा पनि प्रथम महत्त्वकाे भएकाेले माघमा बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे बैठकले ३ सदस्यीय सुझाव समिति गठनकाे निर्णय गर्याे । समितिकाे सुझावकाे आधारमा जनतालाई विश्वस्त तुल्याउनु पर्छ । विडम्बना ! यो विषयलाई लिएर कसैले “सेना आउने कहाँ लेख्याछ ?” भन्ने, कसैले एमसीसी नपढि एसीसीकाे पूर्ण रुप नजान्नेले विराेध गर्छन् !” भन्नू बाैद्धिक जगतकाे हुर्मत लिनु हाे । याद रहाेस्, अमेरिका माथि उल्लेख गरिएको कथाकाे उँटकाे शैलीमा पहिला एक खुट्टा टहराभित्र घुसाउन खाेज्दैछ र अलि अगाडि बढेर तीन वटै खुट्टा घुसाएर हुत्याउने बेला समय गइसकेकाे हुनेछ भन्दा फरक पर्दैन कि ?!

Related posts

नेपालीहरु झुटो बोल्दैनन

Aarsha Khabar

सुगौली सन्धिको घाउ लिम्पियाधुरा

Aarsha Khabar

महामारीको इतिहास : आदिम युगदेखि आधुनिक युगसम्म

Aarsha Khabar