आर्ष खबर

मनोरन्जन

चलचित्र ‘धूलो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘धूलो’ सार्वजनिक भएको छोटो समयमै ट्रेडिङमा पर्न सफल भएको छ । सामाजिक विषयमा निर्माण गरिएको चलचित्र ‘धूलो’ गत वर्ष सिनेमाघरमा आएको थियो ।

प्रद्युम्न मिश्रको निर्देशनमा बनेको यो चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको छ । चलचित्र ‘धूलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा देखिन्छन् । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिका रहेका छन् ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह–निर्मातामा दीपा धरेल हुनुहुन्छ । सुवास सिंह बस्न्यातको लेखन, रवीन आचार्यको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गर्नुभएको छ ।

Related posts

नायिका एलिजा र दुर्गेश अभिनिति ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक

Aarsha Khabar

योगेश र सारिकाको ‘मायाको सुगन्ध’

Aarsha Khabar

युथ क्रियसन नेपालले दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने

Aarsha Khabar