आर्ष खबर

शिक्षा

एभरेष्ट इनोभेटिभ कलेज (ई.आई.सी.) नै किन ?

काठमाडौंमा प्राइभेट कलेजहरु प्रशस्त छन् । ती कलेजहरुको भिडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको कलेज हो एभरेष्ट इनोभेटिभ कलेज अर्थात् ई.आई.सी. । एभरेष्ट इनोभेटिभ कलेज विगत २३ वर्षदेखि विद्यार्थीहरु माझ चिरपरिचित छ । गुणस्तरीय शिक्षा प्रदान गरी रहेकै कारण प्रत्येक वर्ष नयाँ विद्यार्थी भर्ना सोचे भन्दा बढी गराउन सफल हुँदै आएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडमा अवस्थित यो कलेजमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय तथा स्नातक तहका बी.सी.ए., बी.बी.एस. र बी.ए.एस.डब्लु कार्यक्रम संचालन गर्दै आइरहेको छ । डाक्टर, इञ्जिनियर, सी.ए., व्यवस्थापक, प्रशासक, पत्रकार र विशेषज्ञहरू हजारौंको संख्यामा उत्पादन गरी समाज र देशलाई अतुलनीय योगदान समेत गर्न यो कलेज सफल भएको छ ।

विज्ञान प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीहरुको भावना र मर्मअनुसार यो कलेजले पठन–पाठन गराउँदै आएको छ । गुणस्तरीय पठन पाठनका कारण कलेजले नेपालकै सर्वोत्कृष्ट (प्रथम) नतिजा प्राप्त गरी आफ्नो उत्कृष्टता प्रमाणित पनि गर्न सफल भएको छ ।

नोबल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको कारण यस वर्ष सबै क्षेत्र अस्तब्यस्त हुन पुग्यो । जसको चपेटाबाट शैक्षिक क्षेत्र पनि अछुतो हुन सकेन । यस जटिल समयमा सम्पूर्ण नेपालीलाई स्वस्थ र सुरक्षित जीवनको कामना गर्दै कलेजले आफ्ना विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै विद्यार्थीहरूको घर–घरमै कक्षा कोठाको जस्तै प्रभावकारी पठन–पाठन पु¥याउन सम्पूर्ण तयारी पुरा गरिसकेको छ । यो अनलाईन शिक्षा कलेजहरुमा नेपालहरुकै पहिलो सुरुवात हो । एसईईको परीक्षाफल प्रकाशन पश्चात अनलाईन कक्षालाई थप प्रविधियुक्त बनाउन कलेज लागि परेको छ । लक डाउन केही खुकुलो भएसँगै कलेजले नयाँ शैक्षिक–सत्र अर्थात् कक्षा ११ मा भर्ना अभियानको थालनी सुरु गरिसकेको छ । विद्यार्थीहरु अनलाईनबाटै कक्षा लिनको लागि भए पनि ई.आई.सी. कलेज भर्ना हुन थालेका छन् । अभिभावकहरूले आफ्नो सन्ततिको भविष्य उज्ज्वल बनाउनको निमित्त धमाधम कलेज पुगि आफ्ना बालबालिकाको कलेजमा रजिस्टर गराउन थालेका छन् ।

यसअघि विभिन्न फ्याकल्टीमा विद्यार्थीहरुले नेपाल टप गर्न सफल भएको, उच्च साइन्स ल्याब, कम्प्यूटर ल्याब, पुस्तकालय, गोल्ड मेडलिस्ट शिक्षकहरु, प्रत्येक कक्षा कोठामा सीसी क्यामेराको प्रवन्ध, सभाहल, व्यवस्थित क्यान्टिन, पार्किङको व्यवस्था भएको र पठन–पाठन गराईने आफ्नै विद्यालयसमेत भएकोले यस कलेजले काठमाडौंमा छुट्टै पहिचान बनाउन सफल भएको छ । जसकारण विद्यार्थीहरुले एभरेष्ट इनोभेटिभ कलेज (ई.आई.सी.) लाई प्राथमिकतामा राखेका छन् ।

ई.आई.सी.कलेजले नयाँ शैक्षिक शत्रको लागि कक्षा ११/१२ लगायत सबै तहको पठन पाठनलाई सुचारु गर्न अनलाइन फाराम भर्ने देखि लिएर अनलाइन भर्नाको लागि सिट बुकिङको सहज व्यवस्था गराएको छ । कोरोना भाइरसको प्रभावले थिलथिलो भएको राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राख्दै विगत वर्षहरूको भन्दा अत्याधिक छुट प्रदान गरी न्यूनतम शुल्कमा पठन–पाठन गराउने तयारी कलेजले गरेको छ । अभिभावक र विद्यार्थीलाई अवसरको सदुपयोग गर्न कलेज प्रशासनले हरेक दिन विहान ७ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म प्रशासन कार्यालय पनि खुल्ला रहने जनाएको छ । प्रत्यक्ष भेटघाट र फोन ०१–४२७४५९०/०१–४२७४५९३ बाट पनि सम्पर्क गर्न सक्ने वातावरण कलेजले बनाएको छ ।

Related posts

देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण

Aarsha Khabar

पूर्वशिक्षामन्त्री धनिराम पौडेलको अन्त्येष्टी (तस्बिरसहित)

Aarsha Khabar

नागार्जुन नगरपालिकाको १० वटै वडामा ई–पुस्तकालय संचालन हुने

Aarsha Khabar