आर्ष खबर

विचार

सामाजिक क्रान्ति, २१औं शताब्दीको प्राप्ती

नेपाली समाज वर्णाश्रम व्यवस्थामा आधारित छ । इतिहासमा जनित चार वर्ण विविध घटनाक्रमले विकृत हुन पुगेको छ । यहि विकृतको एउटा पक्ष छुवाछुत व्यवस्था हो । धर्म र सँस्कृतिद्वारा छुवाछुत संरक्षित हुँदै आएको तितो यथार्थ हो । जसरी छुवाछुत प्रथाले जरा गाड्न सफल भयो, त्यसरी नै अन्त्यको खातिर नयाँ सँस्कृतिको जग बसाल्नु इतिहासको अपरिहार्य आवश्यकता बनी आयो । सिंगो मानवजातीलाई असमानताको साँङ्लोबाट चुँडाली समानतामा आधारित समाज निर्माण गर्नु मानव जातीको कर्तव्य हो । आउनुहोस् हामी सबै सामाजिक क्रान्तिमा सहभागि बनौ । सबै खाले विभेदहरुको अन्त्य गरौं । वडा छुवाछुत उन्मुलन तथा अन्तर–घुलन कार्यक्रमका माध्यमबाट सामाजिक क्रान्तिलाई आधार प्रदान गरौं ।

सामाजिक क्रान्तिका औचित्य

  • शताब्दीऔं देखि चलाउँदै आएको छुवाछुत जन्य कुरिति हटी नसकेको, छुवाछुत उन्मुलनको विरुद्धमा विविध कार्यक्रमहरु संचालन भए तापनि सार्थकता पाउन नसकेको वर्तमान सन्दर्भमा वडा छुवाछुत उन्मुलन तथा अन्तर घुलन कार्यक्रम संचालन गरी २१औं शताब्दीलाई छुवाछुतविरुद्धको शताब्दी बनाउन सक्नु पर्छ ।
  • कोरोना कहर/भूकम्पलगायत प्राकृतिक विपद्ले सम्पूर्ण मानव जाती समान भएको चेत पलाएको सन्दर्भ भएकोले यसलाई पूँजीकृत गर्दै तीव्ररुपमा वडा छुवाछुत उन्मुलन तथा अन्तर घुलन कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ ।
  • जातीय विभेदमा आधारित सामुहिक हिंसालगायतका घटनाहरु समाजमा घटिरहेका छन् । संवैधानिक अधिकारलाई प्रयोग गर्दै र गर्न एकताबद्ध भई जुट्नु आजको आवश्यकता हो ।
  • छुवाछुतबाट बनेको गहिरा सामाजिक विखण्डनले आन्तरिक राष्ट्रियता कमजोर हुन पुगेको छ । घर नै कमजोर भएपछि बाहिरी राष्ट्रियता स्वतः कमजोर हुन्छ । तसर्थ आन्तरिक राष्ट्रियता बलियो बनाउन र विदेशी हस्तक्षेपविरुद्ध लड्ने शक्ति प्राप्त गर्नुपर्ने आजको आवश्यकता हो ।
  • जातीय विभेद्को निदान उपरी संरचनामा मात्र खोजेर पुग्दैन, धरातलमै खोज्नु पर्दछ ।

सामाजिक क्रान्तिका विधि

  • वडा अध्यक्षकै नेतृत्वमा विज्ञसहित सर्वपक्षीय समिति गठन गरी विविध कार्यक्रमहरु संचालन गर्नुपर्ने हुन्छ ।
  • उच्च निकायले दलित आयोग, मानवाधिकार आयोग, गरिवी निवारण आयोग, प्रहरी, सामाजिक अभियन्तालगायतलाई समन्वय गर्नुपर्ने हुन्छ ।
  • कार्यक्रम तर्जुमा भई संचालनमा आए पश्चात सुक्ष्म अनुगमन गर्ने । सफलता पूर्वक कार्यक्रम सम्पन्न गरेको वडालाई ५० लाख अनुदान दिई सामाजिक क्रान्तिलाई सहयोग पुग्ने विकास निर्माण अगाडी बढाउने व्यवस्था गर्नुपर्ने हुन्छ ।
  • राष्ट्रिय–अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्रचार–प्रशार गरी विषय वस्तुलाई बाहिर ल्याउनपर्ने हुन्छ ।
  • स्थानीय तहले कार्यक्रम व्यवस्थापन गरी अर्थात् कार्यक्रमको योजना बनाई वडाले स्वेच्छिक रुपमा अभियान संचालन गर्न एक कार्यविधि तयार गर्नुपर्ने हुन्छ ।

कार्यक्रम

  • वडा भरिको दलित र अन्य जातीय समूहको लगत संकलन ।
  • सबै दलित बालबालिका विद्यालय पहुँचमा पुर्याउने (विशेष कार्यक्रम) ।
  • एक घर एक रोजगारीको निम्ति परम्परागत सीपको जगेर्ना गर्ने साथै स्थानीय उद्योग, कृषि फार्मलगायतमा सिफारिस गर्ने ।
  • घर–आँगन र टोलको सरसफाई अनुगमन गर्ने ।
  • सार्वजनिक स्थानहरु, विद्यालय, स्वास्थ्य केन्द्र, मठ–मन्दिर, चिहान, धारा–कुवा, आदि स्थानमा छुवाछुत जन्य विभेद शून्य भएको ग्यारेन्टी गर्ने (अभियान चलाउने) ।
  • वडाको ९० प्रतिशत घर, बैठक तथा भान्सामा अन्य सरह दलितहरु प्रवेश गर्दा फरक पर्दैन भन्ने अभिव्यक्ति युक्त अभियान पत्रमा हस्ताक्षर संकलर्ने गर्ने ।
  • वर्षमा २ पटक सहभोज आयोजना गर्ने । वैद्धिक, मानवशास्त्र, जीव विज्ञान, विकासवादी सिद्धान्तलगायतको चर्चा गर्ने ।
  • विद्यालय, सहकारी, धार्मिक अनुष्ठान, क्लब, महिला समूह सबैलाई समावेश गरी जातीय विभेद अन्त्य गरिएको सन्देश दिनलाई वर्षको दुई पटक र्याली गर्ने ।
  • जुन टोलमा वा गौंडोमा छुवाछुत जन्य व्यवहार हुन्छ, त्यहीं अन्तरक्रिया गर्नेे ।
  • पर्चा, माइकिङ, डकुमेन्ट्रि प्रदर्शन गर्ने । घरघरमा छुवाछुत मुक्त गृह भनि स्टिकर टाँस्ने । वडाको सीमानाहरु छुवाछुत मुक्त बनाउने । गाउँ–टोलमा होडिङ बोर्ड राख्ने ।
  • अन्तरजातीय विवाह दर्ता गर्दा रु. ५०,०००।– (सामाजिक अन्तर घुलन भत्ता) प्रदान गर्ने । अनुलोम विवाह भएको दम्पतीको हकमा संयुक्त ५ लाख तथा प्रतिलोम विवाह भएमा ३ लाख रुपैयाँ प्रोत्साहन स्वरुप ५ वर्षपछि प्रदान गरिने व्यवस्था मिलाईनु पर्ने।
  • दलित समुदायले समाजमा पुर्याएको योगदानको चर्चा गर्ने ।
  • ठाउँ विशेष सांगेतिक, सांँस्कृतिक गतिविधि संचालन गर्ने ।
  • समानुपातिक सहभागिता ग्यारेन्टी गर्ने ।

Related posts

आर्यनारी र वटसावित्री व्रत

Aarsha Khabar

नेपालीहरु झुटो बोल्दैनन

Aarsha Khabar

अस्थायी शिक्षक आन्दोलन र मन्त्रीको माफी

Aarsha Khabar