आर्ष खबर

अर्थ

सोमबार सुनको मूल्य प्रतितोला ९१३०० रुपैयाँ

काठमाडौं । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान भएको छ ।

सरकारले बजेटमार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुनप्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना विक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावश्यक गरगहना बाहेकका कुनै पनि गरगहना विक्री नभएको बताएका छन् । सुनको मूल्य बढेर भन्दा पनि लक डाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन ।

Related posts

‘बजेटको दुरुपयोग रोक्न ऐन निर्माणमा सुझाव’

Aarsha Khabar

बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा शेयर बजार बढ्छ : अर्थमन्त्री

Aarsha Khabar

आ.ब. ०७६/०७७ को बजेट बहुमतले पारित

Aarsha Khabar