बेलायतले हङकङबासीले चाहेमा आफ्नो देशको नागरिकता दिने बताएको छ।
हङकङका लागि चीनले नयाँ सुरक्षा कानुन पारित गरेसँगै अमेरिका र बेलायत चीनविरुद्ध आक्रामक बनेको हो । अमेरिकाले चीनको सुरक्षा कानुनको जवाफस्वरुप प्रतिनिधि सभाबाट प्रतिबन्धको नीति पारित गरेको हो। सर्वसम्मतीले पारित गरिएको उक्त कानुनले चीनसँग कारोबार गर्ने बैंकहरूमाथि कारबाहीको व्यवस्था गरेको छ।
आलोचकहरूले चीनको नयाँ कानूनले हङकङबासीले उपभोग गर्दै आएको स्वतन्त्रता समाप्त गरेको बताएका छन्। सन् १९९७ मा ब्रिटेनले हङकङ छाड्दै गर्दा ५० वर्षसम्मका लागि स्वतन्त्रताको ग्यारेन्टी गरिएको थियो।
चीनले हङकङमा जारी सरकारविरोधी प्रदर्शन रोक्न नयाँ कानुन अपरिहार्य भएको बताउँदै आएको छ। साथै‚ हङकङका आन्दोलनकारीलाई पश्चिमा देशहरूले उकास्ने काम गरेको चीनको आरोप छ।