आर्ष खबर

अर्थ

मूल्य घटाउन नेविसंघले बुझायो ज्ञापन पत्र

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ ।

लक डाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नाफा संचित गरी मूल्यबृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । लक डाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि आफैमा अमानविय कार्य भएकाले मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरिएको छ । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताउनुभयो । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उहाँले साना कुरालाई पनि विवादित गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागि परेको बताउनुभयो । उहाँले मूल्यबृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गर्नुभयो ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।

Related posts

दशैंमा यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योल

Aarsha Khabar

मजदुर प्यानमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरिनु पर्ने : निर्माण व्यवसायी

Aarsha Khabar

पुनर्निर्माणका लागि साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई सहुलियत ऋण प्रदान

Aarsha Khabar