आर्ष खबर

खेलकुद

च्याम्पियन्स लिग र युरोपा लिगका ड्र सार्वजनिक

  • निलम मर्हजन

युरोपेली फुटबल महासंघको महत्वपूर्ण क्लबस्तरीय प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगका ड्र सार्वजनिक भएको छ ।

क्वार्टर फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र इटालियन क्लब एटलान्टा प्रतिस्पर्धा गर्दैछन् । यस्तै स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब आरबी लिप्जिग आमने सामने हुनेछन् । स्पेनिस क्लब रियल मड्रिड र इंग्ल्याण्डको म्यान्चेष्टर सिटीबीचको विजेताले फ्रेन्च क्लब लियोन र इटालियन क्लब युभेन्टसबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

यस्तै इटालियन क्लब नापोली र बार्सिलोनाबीचको विजेताले चेल्सी र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । कोरोना भाइरसका कारण खेल गतिविधिहरु रोकिँदा क्वार्टर फाइनल देखिका खेलहरु बाँकी छन् । चारवटा टिमले क्वार्टर फाइनलका यात्रा पक्का गरिसके पनि बाँकी चार टिमले दोस्रो लेग खेल्न अझै बाँकी छ । दोस्रो लेग बाँकी रहँदा बायर्न म्युनिकले चेल्सीविरुद्ध ३–० को अग्रता कायम राखेको छ भने नापोली र बार्सिलोनाबीचको खेल १–१ गोलको स्थितीमा छ ।
रियल मड्रिडविरुद्ध म्यान्चेष्टर सिटीले २–१ को अग्रता लिएको छ भने युभेन्टसभन्दा लियोन १–० ले अघि छ । बाँकी रहेका दोस्रो लेग भने सम्बन्धित क्लबकै मैदानमा हुनेछ । यो पटकको च्याम्पियन्स लिग अघिल्ला संस्करणभन्दा फरक हुनेछ ।

यसअघि फाइनलबाहेकका सबै खेलहरु होम एण्ड अवेका आधारमा खेलाइँदै आएको थियो । तर, यो पटक पोर्चुगलको लिस्बनमा नकआउट खेल हुनेछ । प्रतियोगिताका खेलहरुका लागि लिस्बनका दुई वटा मैदान तोकिएको छ । अगष्ट ७ र ८ मा प्रिक्वार्टर फाइनलका बाँकी रहेका खेलहरु सम्पन्न गरिनेछ भने १२ र १५ मा चारवटा क्वार्टर फाइनल, १८ र १९ मा सेमिफाइनल र अगष्ट २३ मा फाइनल हुनेछ ।

युरोपा लिगका खेलहरु भने जर्मनीमा हुनेछ । युरोपियन फुटबल एसोसिएसन यूईएफएले शुक्रबार क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको हो । क्वाटरफाइनल ड्र अनुसार वुल्फवर्ग र शाख्तर डोनेक्ट्सबीचको विजेताले फ्रान्कफुर्ट र बसेलबीचको विजेतासँग खेल्नेछ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र एलएएसकेबीचको विजेताले इस्तानबुल र कोपेनहेगनबीचको विजेतासँग खेल्नेछ । यस्तै इटालियन क्लब इन्टर मिलान र गेटाफेबीचको विजेताले रेन्जर्स र बायर लेवरकुसेनबीचको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ ।

त्यस्तै ओलम्पिकोस र उल्भ्सबीचको विजेताले सेभिया र रोमाबीचको विजेतासँग खेल्नेछ ।

Related posts

पल्सर स्पोर्ट्स अवार्ड असार १७ गते प्रज्ञा भवनमा हुने

Aarsha Khabar

सातौं मि. हिमालय शारीरिक सुगठन प्रतियोगिता बैशाखमा

Aarsha Khabar

१३औं दक्षिण एसियाली खेलकुद : भलिबलमा भारतलाई दुई स्वर्ण

Aarsha Khabar