आर्ष खबर

मनोरन्जन

‘रक तिज’ दोहोरी गीत सार्वजनिक

काठमाडौं । डिएआर मुभिजले ‘रक तिज’ दोहोरी गीत सार्वजनिक गरेको छ ।

तिज माथिको विकृतिलाई गीतमार्फत देखाउन खोजिएको छ ।
व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । ¥यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन् । जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ । जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् ।

प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुँवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानीलगायतले अभियन गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृंगार रहेको छ । विष्णु खड्काले भिडियो सम्पादन गरेका छन् ।

Related posts

‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को टेलर सार्वजनिक

Aarsha Khabar

जय किशनको ‘हिरो नम्बर १’ को ट्रेलर सार्वजनिक

Aarsha Khabar

‘मिस नेशनल आइकन–२०१९’ को ताज देवी मगरलाई

Aarsha Khabar