आर्ष खबर

खेलकुद

राखेपको सदस्य सचिव पदका लागि २७ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि २७ जनाकाे आवेदन परेकाे छ ।

सदस्य सचिवका लागि अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएको मन्त्रालयले जानकारी गराएकाे हाे । मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै गत बिहीबारसम्म दर्खास्त आह्वान गरेको थियो । समितिले कार्ययोजनासहित मन्त्रालयमा आफै उपस्थित भएर वा ईमेलमार्फत उम्मेदवार दर्ता गराउन आह्वान गरेको थियो । उनीहरुले आफै उपस्थित भएर र ईमेलमार्फत दर्खास्त हालेको मन्त्रालयले बताएको छ । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

नयाँ ऐन अनुसार सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले गत बिहीबार सदस्य सचिव छनोटको कार्यविधि बनाएर दर्खास्तकालागि आजसम्मको समय दिएको थियो ।

Related posts

च्याम्पियन्स लिग र युरोपा लिगका ड्र सार्वजनिक

Aarsha Khabar

नेपाललाई हराउँदै भारत साफ च्याम्पियन

Aarsha Khabar

सताक्षी गोल्डकप उपाधि मछिन्द्रलाई

Aarsha Khabar