आर्ष खबर

अर्थ देश समाचार

सर्किट ब्रेक लागेपछि शेयर कारोबार स्थागित

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ ।

बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शून्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको हो । बजार खुलेको छ मिनेटमा ४ प्रतिशतले नेप्समा बृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रो पटक कारोबार खुल्लेको केही सेकेन्ड मै पुनः ६ दशमलव शून्य चार प्रतिशतको बृद्धि हुँदा शेयर कारोबार आइतबारका लागि स्थगित भएको हो । नेप्से परिसूचक १ हजार ४ सय ७९ दशमलव शून्य ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात १७ दशमलव ३९ प्रतिशतले बढेर ३ सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित भएका हुन् । जसको असर नेप्से सूचकमा परेको छ । बजार खुल्ने वित्तीकै बैंकिङ समूहको शेयरमा लगानीकर्ता झुम्मिएका थिए । त्यसैले बैंकिङ समूह ७ दशमलव ४४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह पनि ६ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ९६ कित्ता शेयर खरिद विक्री भएको छ । आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २ करोड ४१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत एक दर्जन कम्पनीको शेयर मूल्यममा सकारात्मक सर्किट लागेको छ ।

Related posts

नेकपा विवाद समाधान कार्यदलले प्रतिवेदन बुझायो, प्रचण्डलाई पार्टीको पूर्ण अधिकार

Aarsha Khabar

‘नेपालमा कोरोना भाइरसको खतरा छैन’

Aarsha Khabar

एपिएफ ढोरपाटन भलिबल च्याम्पियनः सिजनको आठौं उपाधि कब्जा

Aarsha Khabar