आर्ष खबर

चन्द्रागिरि

लायन्स क्लबलाई एम्बुलेन्स संचालनको लागि सहकारीको सहयोग

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा तीन वटा महत्वपूर्ण नाका छन् । यि नाकाबाट काठमाडौं भित्रिने यात्रीहरुको लर्को नै हुन्छ । विभिन्न उद्देश्यले आफूलाई तयार गरी मानिसहरु राजधानी भित्रिन्छन् । राजधानीले काम दिलाउँछ वा राजधानीमा काम पाइन्छ ? भन्ने सोच बढीले बोकेका हुन्छन् । उद्देश्य पुरा गर्न प्रयोग हुने महत्वपूर्ण नाका र केन्द्रीय राजमार्ग हो चन्द्रागिरि । धादिङ जिल्ला हुँदै नागढुंगा बाडभञ्याङबाट काठमाडौं भित्रिने नाका सबैभन्दा बढी प्रचलनमा आएको नाका हो । चित्लाङ हुदै चन्द्रागिरि भञ्याङ र फाखेल हुँदै देउरालीबाट काठमाडौं भित्रिने ऐतिहासिक मार्ग हुन । यातायातबाट यात्रा गर्ने मार्ग नै राजमार्ग हो । राजमार्गमा धेरै पटक दुर्घटना भएको खबर प्रकाशन भएको छ । दुर्घटनाबाट मानवीय क्षति नहोस् भन्ने सोचले लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरिले राजमार्गलाई लक्षित गर्दै एम्बुलेन्स संचालनमा लेराउन लागेको छ । लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. बीच यस कार्यको लागि श्रावण ३ गते एम्बुलेन्स संंचालन सम्झौता भएको छ ।

विगत १० वर्ष देखि एम्बुलेन्स सेवा संचालन गरिरहेको यस सहकारी संस्थाले लायन्स क्लबलाई नयाँ एम्बुलेन्स संचालनको लागि वित्तिय सहयोग गर्ने करार पत्रमा उल्लेख छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट एम्बुलेन्स खरिद सम्बन्धी सिफारिस सहितको आवश्यक प्रक्रिया पुरागरी सकेको र यस सम्झौताको लगतै एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाई हाल्ने पूर्वअध्यक्ष राजेन्द्र विक्रम बानियाँले बताउनु भयो । एम्बुलेन्स संचालन सम्झौता कार्यक्रममा एम्बुलेन्स खरिदको लागि आवश्यक पर्ने रकमको चेक हस्तान्तरण र सम्झौता पत्र आदान प्रदान गरिएको थियो । एम्बुलेन्स खरिदको लागि सहकारीले १० लाख ४१ हजार ७ सय ८७ रुपैयाँको चेक लायन्स क्लवलाई प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रका सम्पूर्ण नागरिकले एम्बुलेन्स सेवाबाट सेवा प्राप्त गर्ने, राजमार्गमा हुने सवारी दुर्घटनामा समेत आकस्मिक सेवा पुर्यायर नागरिकको जीवन रक्षा र अंगभंग हुनबाट बचाउन सकिने अपेक्षा समेत गरिएको छ ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री शिवशंकर मानन्धर, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिका अध्यक्ष जयरामप्रसाद लुईटेल, निवर्तमान तथा पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सहकारीका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Related posts

चौथो इन्द्रदह पर्यटन उत्सव

Aarsha Khabar

दोस्रो थानकोट गोल्डकप : दीपशिखा क्लबका कप्तान ऋषो श्रेष्ठमाथि कुटपिट, श्रेष्ठ घाइते

Aarsha Khabar

मातातीर्थ औँसी : आमाको सम्झना गरिदै

Aarsha Khabar