आर्ष खबर

अर्थ देश समाचार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान चुनावी मैदानमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेको महाधिवेशनबाट नयाँ नेतृत्वको चयन हुँदैछ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुबै उपाध्यक्षहरुले व्यवसायीक र सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनुपर्ने बताउनुभयो । उहाँले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताउनुभयो । ढकालले नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताउनुभयो । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्नुभएको भूमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताउनुभयो । उहाँले अब निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दन देखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताउनुभयो । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उहाँले दावी गर्नुभयो ।

Related posts

अरुण तेस्रो आयोजनाको काम सुचारु

Aarsha Khabar

काठमाडौंको अधिकांश क्षेत्रमा ट्राफिक लाईट संचालन, एकैदिन दुई वटा नयाँ लाईट थपियो

Aarsha Khabar

३० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Aarsha Khabar