आर्ष खबर

देश समाचार

नेकपा संकटमा : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताउनुभएको छ ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्डले बैठक चलिरहेकै समयमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता प्रक्रिया अर्का अध्यक्षको पहल र सक्रियातामा भएको बताउनु भएको हो । पार्टीमा छलफल भइरहेको बेला आयोगमा दल दर्ताको प्रकृया सुरु हुनु र देशभरी जिन्दावाद, मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा परेको भन्नुभयो । दाहालले ‘यतिबेला पार्टी ठूलो संकटमा रहेको उल्लेख गर्नुभयो । पार्टीलाई कसरी एकताबद्ध गर्ने, पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर, देशभरी जुलुस भएको छ । देशभरीका साथीहरुले हामी के गर्ने भनेर सोधिरहेका छन् । हामीले धैर्य लिनुहोस् अहिले केही गर्न पर्दैन पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौँ ।’ अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताउनुभयो । पार्टीले निर्णय गरेर दबाब दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्नुभयो । अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरुले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार हुनु भएको बताउनुभयो ।

Related posts

बैशाख ३ गतेसम्म लक डाउन, गभर्नरमा महाप्रसाद अधिकरी नियुक्त

Aarsha Khabar

‘बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गरिन माग’

Aarsha Khabar

‘पार्टी एकतालाई जनताले नै स्वीकार गरिसके’

Aarsha Khabar