आर्ष खबर

देश

सरकारले कोभिडको जोखिम कम भएको भन्दै भ्रामक खबर प्रचार गर्यो : महत

काठमाडौं । नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड–१९ संक्रमणको जोखिम कम भएको भ्रामक खबर प्रचार गरेको बताएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री एवं कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक खबर प्रचार गरेको उल्लेख गर्नुभयो । सरकारले लक डाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाएको छ । राजस्व उठाउन र लक डाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पञ्छिन सरकारले हतारमा लक डाउन खोलेको संयोजक महतले आरोप लगाउनु भयो । उहाँले आर्थिक, सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताउनुभयो । महतले लक डाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर हुन नसकेको पनि बताउनुभयो ।

Related posts

महाशिवरात्रि : देशैभर शिवको पूजा–आराधना गरिदै

Aarsha Khabar

‘सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमायो’

Aarsha Khabar

कोरोना संक्रमितको संख्या बढेको छैन : स्वास्थ्य मन्त्रालय

Aarsha Khabar