आर्ष खबर

देश

श्रेष्ठता व्यवहारमा देखाउन सकेमात्रै कम्युनिष्टको औचित्य सावित हुने : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएर जाने टिप्पणी गर्नुभएको छ ।

४२औं पुष्पलाल स्मृति दिवसमा नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने, आफुलाई केन्द्रविन्दुमा राख्ने त्यस्ता प्रवृतिका व्यक्तिहरु पतन हुँदै जाने टिप्पणी गर्नुभयो । विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वभाविक प्रकृयामा अगाडी बढ्ने उल्लेख गर्नुभयो । नेता नेपालले त्यस्तो प्रवृतिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने बताउनुभयो ।

नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताउनभएको छ । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख भएको बताउनुभयो ।

नेता नेपालले सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडी बढ्न सके विचार, संगठनका हिसाबले पार्टी बलियो हुने उल्लेख गर्नुभयो । श्रेष्ठता व्यवहारमा देखाउन सकिएमात्रै कम्युनिष्ट पार्टीको औचित्य सावित हुने बताउनुभयो ।

Related posts

‘सरकारप्रति जनता असन्तुष्ट’

Aarsha Khabar

प्रहरी समायोजन विद्येयक २०७६ सर्वसम्मतले पारित

Aarsha Khabar

नेपालमा लगानी बढाउन जापान तयार’

Aarsha Khabar