आर्ष खबर

स्वास्थ्य

वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

पर्सा । कोरोनाबाट पर्सामा दुई दिन यता दुई जनाको मृत्युभएपछि वीरगनञ्जमा निषेधाज्ञा लगाइने भएको छ।

वीरगन्ज महानगरपालिकाकामा बसेको जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुको बैठकले शनिबार बिहान ५ बजेबाट निषेधाज्ञा लगाउने निर्णय गरेको हो। बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको र शुक्रबार सर्वदलीय बैठक बसी वर्तमान परिस्थितिको समीक्षा गर्दै संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अर्को आदेश नभएसम्म अनिश्चित कालका लागि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउने, क्वारेन्टाइनलाई थप परिष्कृत गर्ने, कोभिड अस्पतालको क्षमता बढाउने, पीसीआर किटलगायत आवश्यक सामग्री, एम्बुलेन्सलगायत सात वटा निर्णय भएका छन्। निषेधाज्ञा लगाइएको समयमा अति आवश्यकीय काम शान्ति सुरक्षा, स्वास्थ्य, दुध, विद्युत, खानेपानी, फोहोर मैला व्यवस्थापन, ड्राइपोर्ट, भंसार, इन्धन, बैंक र औषधी एम्बुलेन्स जस्ता सेवाबाहेक सबै उद्योग, पसल व्यवसाय संचालन बन्द गरिनुपर्ने निर्णयमा उल्लेख गरिएको छ।

Related posts

उपकरण नहुँदा आईसोलेसनमा राखिएको विरामीको उपचार हुन सकेन

Aarsha Khabar

स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनमा

Aarsha Khabar

२५० जना नयाँ संक्रमित थपिए, संक्रमित ४६१४

Aarsha Khabar