आर्ष खबर

देश समाचार

सरकारकै कारण हत्या, हिंसा र भ्रष्टाचार बढिरहेको छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरु बढिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रममा महामन्त्री खड्काले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरु भइरहेको बताउनुभयो । सरकारको रबैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको उल्लेख गर्दै महामन्त्री खड्काले सरकारलाई खबरदारी गर्ने कुरामा कांग्रेस कमजोर नरहेको बताउनुभयो । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहेपनि कांग्रेसले शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उल्लेख गर्नुभयो । महामन्त्री खड्काले सरकारका गलत निर्णय र सत्तारुढ दलको रबैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरुण दलले काम गर्नुपर्ने बताउनुभयो ।

Related posts

चन्द्रागिरिको नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

Aarsha Khabar

ऐतिहासिक सम्पदाको पुनर्निर्माण मौलिक ढंगले गरिनुपर्ने : ज्ञवाली

Aarsha Khabar

सरकार आफ्नै कारण अलोकप्रिय बन्दै गयो : सिंह

Aarsha Khabar