आर्ष खबर

स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, थप १०९ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा परवानपुर ८ स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । बुधबार स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

शनिबार १०९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालमा ४०७५ पीसीआर परीक्षणमा १०९ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८४८३ पुगेको छ ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५३८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १४५, प्रदेश नम्बर २ मा १९०९ र बागमती प्रदेशमा ४३४ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३१३, प्रदेश नम्बर ५ मा ३४६, कर्णाली प्रदेशमा ३३८ र सुदूरपश्चिम प्रदेशमा १९०० जना संक्रमित उपचाररत छन् ।

शनिबार १०६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३०५३ रहेको छ । प्रदेश नम्बर १ मा ७७५, प्रदेश नम्बर २ मा २८९८, बागमती प्रदेशमा ४६८ र गण्डकी प्रदेशमा ११२५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३९००, कर्णाली प्रदेशमा १५८५ र सुदूरपश्चिम प्रदेशमा २३०२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा २२०९, प्रदेश नम्बर २ मा २३०२, बागमती प्रदेशमा १४८४ र गण्डकी प्रदेशमा ३२१६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २७७९, कर्णाली प्रदेशमा १०१७ र सुदूरपश्चिम प्रदेशमा ५२७६ जना गरी देशभरी १८१८३ जना क्वारेन्टिनमा रहेका छन् ।

Related posts

भक्तपुरमा स्टाफ नर्स र सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Aarsha Khabar

संक्रमितको संख्या ११०, प्रदेश १ सबैभन्दा बढी

Aarsha Khabar

चन्द्रागिरि नगरपालिकालाई पाँच दिने अल्टिमेटम

Aarsha Khabar