आर्ष खबर

चन्द्रागिरि

लाईसेन्स बनाइ दिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरिमा पक्राउ

काठमाडौं । सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मुगु खत्याड गाउँ पालिका वडा नं ८ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका मगर गाउँ बस्ने २५ वर्षीय प्रेमराज पाण्डेलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट खरीबोटबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले विशेष सूचना तथा निरन्तर निग्रानी पश्चात पाण्डे पक्राउ परेको बताउनु भयो । पाण्डेले चन्द्रागिरि नगरपालिका–४ बस्ने मंगल श्रेष्ठ र शैसव श्रेष्ठसँग प्रतिव्यक्ति १३,५००।– रुपैयाँको दरले रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी गराउनु भयो ।

आइतबार पक्राउ परेका पाण्डेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको छ ।

Related posts

मातातीर्थका व्यक्तिको जग्गा कसरी गयो ट्रष्टमा ?

Aarsha Khabar

चन्द्रागिरि काँडे भ्याकुरको हब बन्न सक्ने

Aarsha Khabar

चन्द्रागिरिका मेलमिलाप कर्ताले नगरप्रमुख र उपप्रमुखलाई पीपीई हस्तान्तरण

Aarsha Khabar