आर्ष खबर

खेलकुद

राखेपको सदस्य सचिवमा सिलवाल पुनः नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश कुमार सिलवाल पुनः नियुक्त हुनुभएको छ ।

गत महिना नयाँ खेलकुद विकास ऐन लागु भएपछि राष्ट्रिय खेलकुद परिषद् नेतृत्वविहीन बनेको थियो । मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो । यसैगरी खेलकुद विकास ऐन २०७७ अनुसार बैठकले शिव कोइराला ज्वालालाई राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा चयन गरेको छ ।

खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्य हुँदै सदस्य सचिव भएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त हुनुभएको थियो । त्यसपछि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सदस्य सचिव सिफारिस समिति गठन गरिएको थियो ।

समितिमा २७ जनाले दरखास्त दिएकोमा तीन जनाको नाम खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सिफारिस गरिएको थियो । मन्त्री विश्वकर्माले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा छलफल गर्दै सिलवाललाई नियुक्त गरेको हो । सिलवालसँगै भलिबल टिमकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापा सदस्यमा सिफारिसमा परेका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सिलवाल नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सचिव सरहको सेवा सुविधाका साथ राखेपका सदस्य सचिव भएका छन् ।

Related posts

आर्मीले एपिएफलाई हरायो

Aarsha Khabar

दाउफिन्सको रवाफ जारी, जित्यो माईभ्याली

Aarsha Khabar

कराँते खेलको जन्म नेपालबाटै भएको हो : लाखे

Aarsha Khabar