आर्ष खबर

देश

‘१५ किलो पहेंलो धातु परीक्षण गर्दा आधा किलो सुन’

काठमाडौं । काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको प्रहरीले पुष्टि गरेको छ ।

मंगलबार बरामद गरिएको १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सुन भएको पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले बाँकी साढे १४ किलोग्राम सुनजस्तो देखिने पहेंलो धातु र चाँदी भएको जनाएको छ । परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातु मध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी भएको जानकारी गराउनु भयो ।

प्रहरी कृष्ण पाउरोटी नजिक चेकजाँच छलेर भागेको बा.६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।

Related posts

तपाईको आज

Aarsha Khabar

भारतीय विदेशमन्त्री नेपालमा, राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट हुने

Aarsha Khabar

प्रधानमन्त्रीलाई सांसदको प्रश्न

Aarsha Khabar