आर्ष खबर

समाचार

नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ।

एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित सबैलाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुको थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु वा सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाइने भएको छ । संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुको पनि पिसिआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको छ ।

Related posts

वातावरण प्रदुषण गर्ने सवारी साधन नियन्त्रणमा लिइने

Aarsha Khabar

‘तत्काल मन्त्रिमण्डल पुनर्गठन हुँदैन’

Aarsha Khabar

‘महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमी आउन सकेन’

Aarsha Khabar