आर्ष खबर

देश समाचार

प्राकृतिक विपदबाट मृत्युभएका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराइने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबान जस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

परिवारमा एक जना सदस्यको विपदमा परि मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारले जनाएको छ । राहत वितरण गर्दा कतै दोहोरीने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति लिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनु भयो । उहाँले मानवीय क्षति बाहेक घर, आवास, बाली, अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

सरकारले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसन सम्बन्धि कुनै पनि काम संचालन नगर्ने निर्णय पनि गरेको छ । क्वारेन्टिन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड–१९ रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय पनि गरेको छ । शैक्षिक सत्र २०७६÷०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकीन गर्न पनि सरकारले भनेको छ । विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप संचालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ ।

Related posts

आमालाई मार्न १२ लाखको सुपारी

Aarsha Khabar

सुनसरीमा गोली प्रहार गरी लुटपाट

Aarsha Khabar

उपचारपछि प्रधानमन्त्री बालुवाटार फर्किए

Aarsha Khabar