आर्ष खबर

समाचार

ओलीको विकल्प कोही छैन : भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताउनुभएको छ ।

स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो । मन्त्री भट्ट भन्नुहुन्छ नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।

मन्त्री भट्टले पार्टीमा अध्यक्षद्वय दाहाल र ओलीको बीचमा सहमति बाहेक अर्को विकल्प नभएकोले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने उहाँले बताउनुभयो ।

Related posts

आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने रहर छैन : ओली

Aarsha Khabar

काठमाडौंको भृकुटी मण्डपमा ३ दिनसम्म पुष्प मेला

Aarsha Khabar

चन्द्रागिरिमा भएको दुर्घटनापछि अवरुद्ध सडक खुल्यो

Aarsha Khabar