आर्ष खबर

देश स्वास्थ्य

एकै दिन ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एक जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुष रहेको जनाएका छन् । मुटु रोगी पुरुषको आइसीयु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर—१६ का ३५ वर्षीय पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो । यसैगरी वीरगञ्ज २ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै वीरगञ्ज ११ स्थायी घर भई ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो । मधुमेहका विरामी महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

सरकारले शुक्रबार पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

Related posts

पूर्वकानुन मन्त्री सिंहको ‘संविधान निर्माणः घटना र अनुभूति’ नामक पुस्तक विमोचन (तस्विरसहित)

Aarsha Khabar

लक डाउनमा अलपत्र परेकालाई लिएर गएको बस दुर्घटना

Aarsha Khabar

आज विजया दशमी, टीकाकाे उत्तम साइत १० बजेर ३५ मिनेटमा

Aarsha Khabar