आर्ष खबर

समाचार

कोरोना प्रभाव : कुन प्रदेशमा कति ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देशभर ५३१६ जना आइसोलेसनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २२२, प्रदेश नम्बर २ मा २०३४, बागमती प्रदेशमा ५७२ र गण्डकी प्रदेशमा ३२४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा १४८३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उहाँले शुक्रबार १५१ जना संक्रमित निको भएर घर फर्किएको जानकारी गराउनु भयो । प्रदेश नम्बर १ मा ८३१, प्रदेश नम्बर २ मा ३१०१, बागमती प्रदेशमा ५२६ र गण्डकी प्रदेशमा १२४४ जना डिस्चार्ज भएका छन ।

यसैगरी प्रदेश नम्बर ५ मा ३९७१, कर्णाली प्रदेशमा १७१८ र सुदूरपश्चिम प्रदेशमा ३००८ जना डिस्चार्ज भएका छन् । अहिले देशभरीका क्वारेन्टिनमा १२१११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १२७७, प्रदेश नम्बर २ मा १७३१, बागमती प्रदेशमा ९१६ र गण्डकी प्रदेशमा ३१६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १६७४, कर्णाली प्रदेशमा ४९४ र सुदूरपश्चिम प्रदेशमा २८५४ जना रहेका छन् ।

Related posts

चीन सिध्याउने रणनीतिमा एमसीसी आएकाे : गृहमन्त्री थापा

Aarsha Khabar

एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक

Aarsha Khabar

नेकपाको स्थायी कमिटी बैठक स्थगित

Aarsha Khabar