आर्ष खबर

चन्द्रागिरि समाचार

चन्द्रागिरिमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेका उपाध्याय चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगामा पक्राउ परेका हुन् । उहाँलाई महानगरीय प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको सहकार्यमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । उपाध्यायको साथबाट १ लाख २३ हजार ५ सय रुपैयाँ नगद, बैंक डिपोजिट रसिद ४ लाख २९ हजार र मोवाइल ३ थान बरामद भएको छ । प्रमुख उपाध्यायलाई सुराकीको आधारमा बुटवल देखि ट्याक गरिएको थियो । उपाध्याय बा.२ झ ४०९० नम्बरको ब्रेजा गाडीबाट काठमाडौं आएका हुन् ।

Related posts

विदेशबाट आएका बाहेक नेपालमा एक जना कोरोना संक्रमित

Aarsha Khabar

भारतले नेपालबाट आफ्ना नागरिकलाई स्वदेश लग्यो

Aarsha Khabar

नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सुरु

Aarsha Khabar