आर्ष खबर

समाचार

सामुहिक बलात्कार गर्ने तीन जना नियन्त्रणमा

रौतहट । रौतहटको बिजयपुर नगरपालिकामा एक युवती सामुहिक बलात्कार भएकी छिन् ।

बिहीबार बाराको पथलैयामा अलपत्र परेकी २१ वर्षीय युवतीलाई घर पुराइदिन्छु भन्दै रौतहटको बिजयपुर नगरपालिकाको बैरगनिया चोकमा ट्रकमै सामुहिक बलात्कार भएकी हुन् । फतुवा बिजयपुर नगरपालिकाको सितलपुर बैरगनियचोकमा ना.२ ख ६७४६ नम्बरको ट्रकमा बलात्कार भएको सुचनाको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

बिहीबार राती गाडी भित्रै बलात्कार गर्ने क्रममा महिला चिच्चाएपछि स्थानीयले खबर दिएको आधारमा सुरक्षाकर्मी घटनास्थल पुग्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो । ट्रक चितवनको गैँडाटारबाट भुँस लिन फतुवा बिजयपुर नगरपालिका बरगिनियाचौक आएको थियो ।

पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का बिष्णुप्रसाद रानाभाट, सोहीठाँउका सह–चालकद्वय वर्ष १८ का बिनोद रानाभाट र १९ वर्षका केशर मगर रहेका छन् । पिडित महिलालाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ । पिडित महिलाको शुक्रबार साँझ स्वास्थ परिक्षण भएको र आरोपी तिनैजना उपर जबरदस्ती करणी सम्बंधी मुद्दा चलाईएको छ । उनीहरुलाई शुक्रवार नै जिल्ला अदालत गौरबाट थप अनुसन्धानको लागि १५ दिनको म्याद थपिएको छ ।

Related posts

‘महामारीविरुद्धको उपर्युक्त हतियार नै लक डाउन’

Aarsha Khabar

सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

Aarsha Khabar

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि, यी हुन् १५ उत्कृष्ठ करदाता

Aarsha Khabar