आर्ष खबर

समाचार

चार हिमताल फुट्ने जोखिम

संंखुवासभा । जिल्लाका चार हिमताल फुट्ने जोखिममा रहेका छन् । १०४ हिमताल मध्ये लोवर बरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ ।

इसिमोडका डा. अरुणबहादुर श्रेष्ठले मकालु बेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ । संखुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको बताउनु भयो । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ ।

नेपालमा पाँच हजार ३५३ ताल मध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उहाँले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताउनु भयो । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उहाँले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूले हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्यांक छ ।

जोखिमयुक्त २० हिमताल मध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ ।

Related posts

भोजपुरमा प्रहरी र विप्लब समूहबीच दोहोरो भिडन्त

Aarsha Khabar

खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

Aarsha Khabar

राहत कोषबाट अपुग भए सरकारले रकम थप गर्ने

Aarsha Khabar