काठमाडौं । २५६४औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंमा शान्ति कविता गोष्ठी आयोजना गरिएको छ ।
नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचानद्वारा साहित्यको उन्नयन र विकासमा अतुलनीय योगदान पुर्याउनु भएकी कवि, निबन्धकार तथा नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले देश यतिबेला कोरोना भाइरस संक्रमणसँग जुधिरहेको अवस्थामा पनि कला, साहित्य प्रेमीहरुले देखाउनु भएको आत्मियतालाई हृदयदेखि नै आभार प्रकट गर्नुभयो । जाेशीले सबैकाे सहयाेगले नै कलाश्री साहित्य वार्षिक र ई–पत्रिका सम्भव भएकाे बताउनु भयाे । नेपाली कला साहित्य डट कमले आयाेजना गरेकाे गाेष्ठीमा ‘सद्भाव र सिर्जना’ काे नारासहित यस वर्षको एनएलजी कलाश्री सिर्जना पुरस्कार सुरेश हाचेकालीलाई प्रदान गरिएकाे छ ।
गाेष्ठीमा डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला जोशी, मणि लोहनी, केशव सिग्देल, अरूण वैद्य, महेश पाैड्याल, रामेश्वर कार्की, सविता दाहाल, अनुपम जाेशी, शशी लुलुम्बु, प्रज्वल अधिकारी, फुलमान बलले शान्तिका विषयमा लेखिएका कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा कलाश्री साहित्य वार्षिक छपाई पत्रिका लोकार्पण गरिएको थियो ।