आर्ष खबर

खेलकुद

पाकिस्तानको तीन पदक खोसियो

काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद सागमा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ।

प्रतिबन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि पाकिस्तानले जितेका दुई स्वर्ण र एक कास्य पद खोसिएको हो । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति निकालेर १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम, ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली र एथलेटिक्सतर्फ १ सय मिटर दौडमा काँस्य विजेता सामी उल्लाहले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको हो । उनीहरुलाई चार वर्षको प्रतिबन्ध पनि लगाइएको छ ।

४ सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पाउने छन् । भारतका सन्तोष कुमारले रजत र चौथो भएका श्रीलंकाका आसंका इन्द्रजितले काँस्य प्राप्त गर्नेछन् । त्यस्तै पुरुष १ सय १० मिटर हर्डल्समा भारतका सुरेन्दर जयकलाई स्वर्ण, श्रीलंकाका रोशन धामीकाले रजत र भारतकै मेमन पौलोसलाइ काँस्य पदक प्रदान गरिनेछ ।

 

Related posts

संकटासँग बराबरी खेल्दा आर्मीलाई घाटा

Aarsha Khabar

महिलाले भलिबलमा इतिहास रचेः उपाधिका लागि भारतसँग भिड्ने

Aarsha Khabar

कराँते खेलको जन्म नेपालबाटै भएको हो : लाखे

Aarsha Khabar