काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएका घिमिरेको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो। स्व. राष्ट्रकवि घिमिरेका शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकारलगायतका व्यक्तिहरु उहाँको निवास लैनचौर पुगि श्रद्धाञ्जली अर्पण गरेका थिए। राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो। वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मनु भएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए।