आर्ष खबर

अर्थ समाचार

सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय

काठमाडौं । सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो। ुश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रम गन्तव्यको मागको आधारमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ।

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले उडान संख्या थप गर्ने निर्णय गरेर ८ सयसम्म यात्रु नेपाल आउन पाउने निर्णय गरेको छ ।

Related posts

थानकोट नागढुंगा सडक डुवानमा

Aarsha Khabar

बालुवाटारको जग्गामा ५८ जनासँग अख्तियारले बयान लिने

Aarsha Khabar

‘२०औँ मनमोहन स्मृति दिवस’

Aarsha Khabar