आर्ष खबर

विदेश

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ।

८४ वर्षीय मुखर्जी कोरोना भाइरस संक्रमणसँग जुधिरहेदा उहाँको निधन भएको छोरा अभिजितले बताएका छन्। कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुभएका मुखर्जीको साउन २६ गते मस्तिष्काघात भएर शल्यक्रिया गरिएको थियो। उहाँ भारतको तेह्रौं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म कार्यरत हुनुहुन्थ्यो ।

मुखर्जीले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्न १२ बुँदे समझदारी गराउनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

Related posts

श्रीलंकामा अनुहार ढाक्ने लुगा लगाउन प्रतिबन्ध

Aarsha Khabar

रहेनन् बलिउड अभिनेता ऋषि कपुर

Aarsha Khabar

श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप

Aarsha Khabar